मधेस प्रदेश नभए सीके राउतहरुले उठाएको अलगाबवाद हाबी हुनेछ: ठाकुर

mahanta thakur

‘अहिले मधेसमा दुईवटा राजनीति धार छन्’, पत्रकार सम्मेलनमा आफ्नो दृष्टिकोण ब्यक्त गर्दै उनले भने, ‘एउटा छुट्टै मधेस राष्ट्रको र अर्को चाहिं यही राष्ट्रमा मधेस प्रदेश, तर मधेस प्रदेश नभए सीके राउतहरुले उठाएको अलगाबवाद हाबी हुनेछ ।’ २०१७ सालदेखि नै छुट्टै मेधसको आवज उठिरहेको भन्दै उनले त्यो आवाज कमजोर भएपनि संघीयतामा मधेस प्रदेश नभए त्यसले तिव्रता पाउने बताउ ।

‘आफूहरुको मूख्य माग संघीयता सहितको संविधान र मधेस प्रदेशमा पहाडी जिल्लाहरु गाभिने नहुने हो’, उनले भने, ‘यो हाम्रो अहिलेको माग होईन्, गिरिजाबाबु, माधव नेपाल र पुष्पकमल दाहालसमेतले हस्ताक्षर गरेको सम्झौतामा उल्लेख छ, अन्तरिम संविधानमा पनि मधेस स्वायत्त प्रदेश हुने लेखिएको छ, त्यही सम्झौता पूरा गर्नुपर्ने हाम्रो अहिलेको माग हो ।’

उनले संविधान निर्माण नभए मुलुकमा ठूलो खतरा निम्तिने शंका ब्याप्त रहेकाले विगतका सम्झौताहरुलाई कार्यान्वयन गरी सहमतीमै संविधान बनाउनुपर्ने बताए । ‘बहुमतको दम्भ देखाउनु राम्रो होईन्’, उनले भने, ‘मतको आधारमा बहुमतको खेल सरकार बनाउने र गिराउनेमा हुन्छ । संविधान बनाउने/नबनाउनेमा होईन् ।’ उनले विगतमा मधेस आन्दोलनमा ओर्लिएको जनसागर र त्यसले उठाएको मागलाई वेवास्ता गरिनु ठूलो भूल हुने बताए ।

प्रकाशित मिति: २०७१ फाल्गुन ८ ०५:१३