मात्रिका यादवको नजरमा सिके राउत र विप्लव उस्तै

राजकुमार श्रेष्ठ

विभाजित माओवादीवीच एकताको कुरो चलिरहेका बेला एउटा समूहका नेता मात्रिका यादवचाँहि अलि फरकरुपमा प्रस्तुत भइरहेका छन् । माओवादी पार्टीहरु मिल्नुपर्छ भन्दा यादवले किन प्रचण्डसँग एकता गर्नेबारे अरुची प्रकट गरेका होलान ? यसबारे जिज्ञासा राख्दा उनले प्रचण्डलाई ‘रोडबाट खसिसकेको गाडी’को उपमा दिए ।

नेकपा (माओवादी) का संयोजक यादवले वैद्य र विप्लवको समेत आलोचना गरे । तर, आफू नि ? तपाईचाँहि ठीक हुनुहुन्छ त ? जवाफमा उनले भने- ‘तपाईले गडबड गर्नु भो भनेर कसैले भनोस् न त मलाई ।’

from matrika yadav's view_650
जनयुद्धकालका प्रचण्ड साँचै बिग्रिएका हुन् र ? तपाईले एकताका लागि प्रचण्डमा रुपान्तरण हुनुपर्छ भनिरहनुभएको छ नि ?

- लाइनमै समस्या हो । उहाँ सम्झौतापरस्त हुनुभएको छ । उहाँले नै मार्क्र्स, एङ्गेल्सलाई पढेर हामीलाई अरुका बारेमा भन्नुहुन्थ्यो कि ती सम्झौतावादी हुन् ।

आवश्यकता अनुसार शक्ति सञ्चय गर्न, कुनैबेला आन्दोलनलाई यताउता गर्न सम्झौता गर्न हुन्छ । तर, सम्झौतावादी हुनुहुँदैन । आधारभूत चिज छोड्नुहुन्न । सामान्य चिजमा लचिलो हुन सकिन्छ तर, लक्ष्यप्रतिको दृढता हुनुपर्छ । उहाँले त लक्ष्य नै छोडिदिनु भो ।

३० दलीय क्रेनले त उहाँलाई झन डुबाइदिन्छ । किनभने त्यहाँ थुप्रै उहाँ जस्ता ड्राइभरहरु छन् क्या । उहाँभन्दा गएगुज्रिएका ड्राइभरहरु पनि छन्

- शान्ति प्रक्रियामा आएपछि पुरै सम्झौतावादी हुनुभयो । अहिले मलाई फिलिङ के भइरहेको छ भने उहाँ सम्झौतावादीबाट थोरै संघर्षतिर आउनुभएको छ । पुरै संघर्ष भइदिए त राम्रो हुन्थ्यो । तर, कुनैबेला के हुन्छ भने संघर्षलाई चटक्कै छोडिदिनुहुन्छ र सम्झौतामा जानुहुन्छ ।

हाम्रो भनाइ के छ भने प्रचण्ड कमरेडले संघर्षलाई प्रधान र सम्झौतालाई सहायक बनाउनुपर्छ ।

प्रचण्डमा साँच्चै आएको रुपान्तरण हो कि दोस्रो संविधानसभाको चुनावछि कांग्रेस र एमालेले पेलेर उहाँ क्रान्तिकारी देखिनुभएको हो ?

- मलाई लाग्छ उहाँहरु (कांग्रेस एमाले) ले पेलेर हो । मलाई लाग्छ, प्रचण्ड आकाशमा उडिरहनुभएको थियो । जब पछारिनु भो, अनि उहाँमा चेत आयो ।

चेत आएको चाहिँ हो ?

- चेत नआएको भए त यो अहिलेको क्रियाकलापमा उन्मुख हुँदैन्थ्यो । उहाँ अरुलाई डिजुरे शासक, आफूलाई डिफ्क्टो भन्ने सोच्नुहुन्थ्यो । म नै हुँ शासन, यो देश मेरै हातमा छ, यो देश मैले नै चलाइरहेको छु भन्ने सोच्नुहुन्थ्यो । कहिले काँही बोल्नु पनि भयो । तर, वर्गीय पक्षधरतामा मिस गर्‍यो भने चिज बिग्रँदो रहेछ । मालेमावादको वर्ग संघर्ष मुख्य कडी हो र त्यसले नै तपाई कतातिर जाने भनेर गाइड गर्छ ।

बाटो हिंसात्मक हुन सक्छ, शान्तिपूर्ण हुन सक्छ । घुम्ती हुन सक्छ । तर, वर्गसंघर्ष केन्द्रमा हुनुपर्छ । अनि न हाम्रो वर्गको अवस्था, दुश्मनको अवस्था, सबै चिजको हिसाब हुन्छ । वर्गसंघर्ष छोडेपछि दिशा नै देखिँदैन । उहाँले पनि प्रष्ट दिशा छोडेर वर्ग समन्वयतिर जानु भो । त्यसले शासक वर्गलाई फाइदा हुन्छ ।

अहिले प्रचण्डले हामी बिग्र यौं भनेर रियलाइजेशन गरेको जस्तो लाग्दैन तपाईलाई ?

matrika yadav

- थोरै रियलाइजेशन भएको छ । तर, यति बिग्रिनु भयो नि, एकैचोटि उताबाट आउन गाह्रो हुन्छ । एउटा के हुन्छ भने रोडमा भएको गाडी बिग्रियो भने एउटा मिस्त्री ल्याएर चलाउन सक्नुहुन्छ । अलिकति साइडमा गएको पनि ठेलठाल पारेर ल्याउन सक्नुहुन्छ । तर, रोडबाट खसिसकेको गाडीलाई त क्रेनस्रेन सबै लगाउनुपर्छ । उहाँ रोडबाट खसिसकेको गाडी हो क्या ।

भनेपछि उहाँलाई बाटोमा निकाल्न क्रेन नै चाहिन्छ ?

- क्रेन लगाउन गाह्रो परिसकेको छ । उहाँले आफैं लगेर गाडी खसाउनुभएको छ । खसिसकेपछि म ड्राइभर छु आफैं निकाल्छु भनेर सम्भव हुन्छ र ? क्रेन नै चाहिन्छ ।

अब ३० दलको क्रेनले निकाल्छ होला नि त प्रचण्डको गाडी

- ३० दलीय क्रेनले काम गर्दैन । ३० दलीय क्रेनले त उहाँलाई झन डुबाइदिन्छ ।

तर, प्रचण्ड त ३० दलको आन्दोलनमै आफ्नो सफलता देखिरहनुभएको छ त ?

- ३० दलको भरमा मात्र जान सक्नुहुन्न । किनभने त्यहाँ थुप्रै उहाँ जस्ता ड्राइभरहरु छन् क्या । उहाँभन्दा गएगुज्रिएका ड्राइभरहरु पनि छन् । ‘खलाँसी’भन्दा पनि लजाउनुपर्नेहरु छन् ।

एउटा कुरा लेखिदिनु होला, दुईवटा व्यक्ति चर्चित छन् । मधेसमा सीके राउत र माओवादी आन्दोलनमा विप्लव कमरेड । उहाँ कसैसँग छलफल गर्नुहुन्न ।

अनि तपाईले त्यस्तो ३० दलको आन्दोलनलाई किन समर्थन गरेको त ?

- तपाईलाई थाहा होला, हामीले त्योबेलामा बनाएका कार्यपत्रहरु फरक छन् । समर्थन त थोरै भए पनि जनताको पक्षमा आवाज उठाएकाले समर्थन गर्नु पर्‍यो ।

संकट रहेछ है ? थाहा पनि छ, प्रचण्ड काम लाग्ने ड्राइभर होइनन् । तर, उनैलाई समर्थन पनि गर्नुपर्ने किन ?

- जनताको पक्षमा बोल्नेलाई त समर्थन गर्ने हाम्रो प्रतिवद्धता नै हो । नेपालमा मात्र होइन, संसारको कुनै पनि ठाउँमा जनताको पक्षमा लडाइँ हुन्छ भने हामी त्यसको समर्थन गर्छौं ।

त्यसोभए त भोलि जनताबाट तिरस्कृत र भ्रष्टहरु जसले पनि यसो जनताको पक्षमा कुरा गर्‍यो भने समर्थन गर्नुहुन्छ ?

– त्यसको हामी गर्दैनौं । कांग्रेस र एमालेले गरेको कहाँ हामीले समर्थन गरेको छैन ।

अब सडकबाट खसेको प्रचण्डरुपी गाडीलाई सडकमा झिक्ने क्रेन बैद्य र मात्रिका यादव हुन् कि विप्लव ?

- विप्लवजी त खसेको निकाल्नेतिर हुनुहुन्न । अर्को गाडी बनाउने भन्दै हुनुहुन्छ । बनाउन सक्नुभयो भने त राम्रै हो । तर, पाटपूर्जा भने पल्टिएकै गाडीको लिएर जानुभएको छ । कस्तोमा फिट गर्नुहुन्छ हेर्न बाँकी छ ।

अहिलेको अवस्थामा विप्लव के हुन् ?

- मलाई धेरै थाहा छैन । किनभने एउटा कुरा लेखिदिनु होला, दुईवटा व्यक्ति चर्चित छन् । मधेसमा सीके राउत र माओवादी आन्दोलनमा विप्लव कमरेड ।

उहाँ कसैसँग छलफल गर्नुहुन्न । मार्क्र्सवादले के सिकाउँछ भने प्रधान दुश्मनविरुद्ध लड्न भएभरको मित्रलाई चिन्नुपर्छ र एकजुट गर्नुपर्छ र आवश्यक पर्‍यो भने सहायक दुश्मनसँग पनि मोर्चा बनाउनुपर्छ । मलाई कहिलेकाँही लाग्छ, हामी नै प्रधान दुश्मन हो कि ? त्यस्तै सीके राउत कुनै मधेसी पार्टीका नेताहरुसँग कुरा गर्दैनन् ।

आन्दोलनमा के हुन्छ भने अंशमा मात्र रमाउनु संशोधनवादी हो । अंश छाडेर पूर्णमा रमाउनु उग्रवादी हो ।

अहिले उहाँहरुको अवस्था त्यही हो ?

- उहाँहरुको के हो, उहाँहरुसँग सोध्नुहोला । तर, अंशबाट पूर्ण बन्छ र पूर्णभित्र अंश हुन्छ । मात्र र गुणलाई छुट्याउन मिल्दैन । त्यसले गर्दा उग्रहरुले अंशलाई हेर्दै हेर्दैनन् ।

विप्लव बैद्यबाट फुटेपछि एकजना नेत्री जयपुरी घर्तीले अब बैद्य माओवादी सकिन्छ भन्नुभएको छ । तपाईले बैद्यलाई अझै आदर्श व्यक्ति नै मान्नुहुन्छ । साँच्चै अवस्था त्यस्तै हो ?

- वैद्यजी आदर्श व्यक्ति हो । उहाँको लोभलालच छैन । मलाई माया पनि गर्नुहुन्छ । म पनि आदर गर्छु । तर, लाइनको हिसाबले कहिल्यै पनि मानेको छैन । मैले महाधिवेशनमै गएर भनेको हुँ । त्यही भएर होला, मलाई देख्नासाथ अलि पर हुनुहुन्छ ।

व्यक्तिगत रुपमा नि ?

- इतिहासमा के देखिन्छ भने मनमोहन अधिकारी पनि सादगी नै थिए । लप्पन छप्पन देखिएन । आर्थिक रुपमा पनि अहिलेसम्म त्यस्तो सुनेको छैन । तर, लाइनको हिसावले त खतम थियो । राजतन्त्रलाई स्वीकार गरेर पार्टीलाई खुला गराए । जहिले पनि दक्षिणपन्थी बाटोमा लगे । कमरेड निर्मल लामा पनि त्यागी नेता नै हो । झन स्पष्ट मान्छे हुनुहुन्थ्यो तर, लाइन थिएन ।

कमरेड किरणमा पनि त्यो त्याग छ । तर, लाइन नभएपछि गाह्रो हुन्छ । लाइन छैन । अकमन्र्यतामा फसेको छ । अहिले पनि हेर्नुस् न उहाँ भन्नुहुन्छ राष्ट्रिय राजनीतिक सम्मेलन गरौं । कोसँग भन्दा सबैसँग । आखिर सबैसँग मिलेर त केही हुँदैन । वर्गसंघर्षलाई छोड्ने न हो त्यो ।

तर, विप्लव माओवादीले पनि त्यही राष्ट्रिय राजनीतिक सम्मेलनको माग नै गरिरहेको छ नि ?

- त्यो नारा के हो भने सेयर खोज्ने । सेयर पाएर पनि किरण कमरेडले त लिनुहुन्न । उहाँसँग हुनेहरुले लिन्छन् । किरण कमरेडका सेयर खाने व्यक्तिगत इच्छा होइन जस्तो लाग्छ । तर, लाइन त्यस्तो छ ।

विप्लव कमरेड त सिधै भन्नुहुन्छ सेयर चाहियो । विचित्रको छ, प्रतिक्रियावादी सत्तामा सेयर खोज्ने अनि क्रान्ति गर्छु भन्ने । मलाई विचित्र लागेको के भने नयाँ जनवादी क्रान्ति गर्छु भन्ने तर, पुरानो सत्ताको सबै सुविधा उपभोग गर्ने । नेपालमा बुझिनसक्नु छ ।

मलाई लागेका आधारभूत चिजहरु मार्क्र्सवाद, लेनिनवाद र माओवादलाई छाडेर जनताले मुक्ति पाउँदैनन् । त्यो छाडेपछि यो दुर्दशा भएको हो ।

matrika yadav_1

आफ्नो वर्गलाई छोड्नुहुँदैन भन्न खोज्नुभएको हो ?

कांग्रेसले, ओलीले हेप्यो भनेर सबैजना मिलौं न, मलाई त गोद्न थाल्यो भनेर हुँदैन । त्यसैले मैले भनेको रुपान्तरणसहितको एकता हो ।

 

- गुदी कुरा के हो भने सत्ता बन्दुकको बलमा टिकेको हुन्छ । बलमा टिकेको हुन्छ । जनताको बलले बिनाबन्दुक पनि पछारिदिन सक्छ । म हतियार लिएर तपाईलाई मार्न गएँ भने तपाईले म कमजोर मान्छेको हात बटारेर पछार्न सक्नुहुन्छ । त्यसैले मुख्य कुरा बल हो । बन्दुक बोक्दा पनि जनताको बल हो, आन्दोलन पनि बल हो । जसले बल प्रयोगको सिद्धान्त छोड्यो, त्यो संशोधनवादी भयो ।

तर, मान्छेहरुले तपाईलाई पनि आलोचना गर्छन् क्या । कुरा त गर्नुहुन्छ, काम गर्न सक्नु भएन…

- मार्क्र्सले आफ्ना पालामा त बनाउनुभएन । उहाँकै पालामा पेरिस कम्युन भत्कियो । के त्यसो भए मार्क्र्सवाद गलत हो ?

मैले कुन राम्रो चिज भत्काउन खोजेको छु भन्नुस् न । मैले यी पार्टीहरु संशोधनवाद, प्रतिक्रान्तिमा लागे भनेर पो भनेको हो । सही बाटोमा गएको हो, तपाईले गडबढ गर्नु भो भनेर कसैले भनोस् न त मलाई ।

अहिलेसम्म मैले गलत गरेको छु भन्ने लाग्दैन ?

- लाग्दैन । किनभने मैले उठाएको विषय पुष्टि हुँदै आएको छ । म त एक्लै निस्किएको हो । अरु साथीहरु एकै ठाउँमा हुनुहुन्थ्यो । तर, किन रिजल्ट निकाल्नुभएन ?

त्यसैले मैले भनेको रुपान्तरणसहितको एकता हो । कांग्रेसले, ओलीले हेप्यो भनेर सबैजना मिलौं न, मलाई त गोद्न थाल्यो भनेर हुँदैन । नेपाली जनता, कार्यकर्ता एकताकै पक्षमा छन् ।

हेर्नुस्, प्रज्ञा भवनमा अस्ति आएजति मान्छे ल्याउन सत्तामा भएका कांग्रेस र एमालेलाई पनि हम्मेहम्मे पर्छ । मलाई लाग्छ, उनीहरुलाई आउ भनेर बोलाएको पनि होइन ।

तपाईले खोजेको जस्तो रुपान्तरणसहितको एकता माओवादीमा कत्तिको सम्भव देख्नुहुन्छ ?

- म निराश कहिल्यै छैन । क्रान्तिकारी निराश हुनुहुँदैन ।

- See more at: http://www.onlinekhabar.com/2015/03/254323/#sthash.36AGRh0u.BZvyNckw.dpuf