संविधानमा छुट्टिन पाउने अधिकार सुनिश्चित हुनुपर्छ , डा सिके राउत , संयोजक ,स्वतन्त्र मधेश गठबन्धन

संविधान निर्माणका विषयमा कांग्रस एमाले र प्रतिपक्षीविचमा रस्साकस्सी चलिरहेकै बेला एमाले अध्यक्ष केपी ओलीले भने पीके र सिकेको भर पर्नु हुन्न । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र डा सिके राउतलाई संकेत गरेर टिप्पणी गरेका थिए ।

एकतिर देशका नयां संविधान कस्तो हुने भन्ने विषयमा गरमागरमी चलिरहेका बेला अर्को वहसले बेला बेलामा घरेलु र अन्तराष्ट्रिय शक्ति केन्द्रको ध्यान आकृष्ट गर्ने गरेको छ । यो नयां वहस अधिकांशको लागि प्रिय त देखिदैन तर नेपाली राजनीतिमा यसको प्रवेश भने भइसकेको छ । सत्तामा वस्नेहरुलाई प्रतिपक्षीवाट उठाइएका मागहरुलाई हल्का लिनु खानदानी रोग जस्तै भइसकेको छ । हिजो माओवादीका मागलाई रद्वीको टोकरिमा मिल्काउदा मुलुकले रक्तपातपूर्ण द्वन्द्व खेप्नुपर्यो । त पछिल्लो समयमा मधेशलाई अलग देशको रुपमा छुट्याउन पाउने आत्मनिर्णको अधिकार डा सिके राउतले खोजेका छन् । उनी यो अभियाका क्रममा दर्जनौपटक पक्राउमा पर्ने र रिहा हुने क्रम जारी छ । उनको खास नाम चन्द्रकान्त राउत हो । सप्तरीमा महादेवा गाविसमा जन्मिएका राउत पुल्चोक क्याम्पसवाट डिम्पलोमा इन इन्जिनियरिङ र व्याचलर इन इलेकट्रोनिक इन्जिनियरिङ गरेका हुन । त्यसपछि जापान सरकारको छात्रवृति पाएर राउतले जापानको टोकियो विश्वविद्यालयवाट मास्टर्स इन इनफरेमशन साइन्स एण्ड टेक्नोलोजीमा गरेका छन् । त्यसपछि छात्रवृतिमै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयवाट इन्फरमेशन इन्जिनियरिङमा पीएचडी गरे । त्यसपछि अमेरिकाको बीबीएन टेक्नोलोजिमा २ वर्ष जति वैज्ञानिकको काम गरे । नेपाल फर्केर आफ्ना स्वतन्त्र मधेशका अभियानहरु सञ्चालन गर्दै आएका छन् । खासमा उनी किन यति डरलाग्दो माग राखेर आन्दोलन गर्न लागेका छन त यो विषयमा उनका विचार बुझने ध्ययले तिलक तिवारीले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
तपाईको स्वतन्त्र मधेशको अभियानलाई अखण्ड नेपाललाई तोडने कार्यको रुपमा हेरिएको छ , यो किन र के का लागि ?
अव यसको चाहि लामै व्याख्या र विश्लेषण छ खासमा चाहि । यो कसैले रातारात सोचेर निर्धारण गर्ने कुरै होइन । र मेरो पनि जीवनमा यस्ता धेरै घटनाहरु घटेका छन जसले मलाई यतातिर उत्प्रेरित गर्यो । जुन एउटा क्रृतिक रोशन काण्ड भएको थियो त्यतिवेला म यहि काठमाडौमा इन्जिनियरिङ पढिरहेको थिए । त्यो घटनाले मलाई कतै न कतै यतातिर लाग्न प्रेरित गरको थियो । झकझकायो , यो विचारतिर लाग्न झकझकायो । त्यसपछि मूल रुपमा गहन अध्ययन र अनुसन्धान गरेर के गर्न सकिन्छ , निकासहरु के छन भनेर त्यतिवेला देखि सोच्न थालियो । विकल्पको रुपमा यो सोच मेरो दिमागमा आयो । अध्ययन गर्ने बेलामा के आयो भनेदेखि मधेशीहरुले वारम्वार आन्दोलन गरिरहेका छन् , बारम्वार बलिदानी गरिराखेका छन् ,वारम्वार सघर्ष गरिराखेका छन् त्यही पनि जहिले पनि अधिकार विहिन दासको रुपमा वस्न वाध्य भएका छन् । आज उनीहरु कमैया कमिलारी बन्न वाध्य बनाइए । आखिर वारम्वार बलिदानी संघर्ष गदा अधिकार किन नपाएको त हामीले ?किन अधिकार पाइराखेका छैनौ भन्दा खेरि मधेशमा जन औपनिवेशिक शासन छ त्यसको सहि समाधान भनेको स्वतन्त्र मधेश हो भन्ने निष्कर्ष चाहि हामीले मधेश आन्दोलनको क्रममा पायौ । त्यसपछि नै स्वतन्त्र मधेशको माग खुला रुपले देखिएको हो । त्यतिवेला संगठनको रुपमा एलाइन्स फर राइटस अफ मधेश संगठन थियो । यो चाहि पहिलो संविधानसभा अगाडिको कुरा हो । मान्छेले यो अहिलेको कुरा भन्ने ठान्छन् । त्यो होइन । पहिला संविधानसभा हुनुभन्दा अगाडि देखि नै यो माग वाहिर आइसकेको थियो ।

तपाई खास यो विचारतिर किन आकर्षित हुनुभयो ?
म क्रृतिक रोशन काण्ड भन्दा अगाडि एकदमै परम्परागत राष्ट्रवादी थिए । नेपालीमा जतिखेर पनि बोल्ने , नेपाली राष्ट्रमाथि गौरव गर्ने , नेपालका शहिदहरु माथि कविता लेख्ने गर्दथे । त्यो भनेको नेपाल राष्ट्रसंग धेरै ठुलो लगाब राख्नु थियो । त्यतिवेला चाहि क्रृतिक रोशन काण्ड जस्तो झटका एकाएक आएर तिमी नेपाली होइनौ भनेर अनुभूति गराइन्छ , असुरक्षित अनुभूति गराइयो । त्यतिवेला पुरै काठमाडौमा मधेशीलाई खोजी खोजी पिट्ने , मधेशीको पसलमाथि आगो लगाउने , मधेशीहरुको पार्टी कार्यालयमा आगो लगाउने काम भइरहेको थियो । त्यो एउटा एकदम ठुलो झटकाको रुपमा मेरो दिमागमा आयो । त्यसको आफै प्रत्यक्षदर्शी भए । त्यो भन्दा अगाडि मान्छेहरुले कति सम्मान गर्थे मलाई त्यो घटनाको क्रममा जुन प्रतिक्रिया देखियो त्यसले मलाई निकै झकझकायो ।
त्यो त राज्यले निर्देशन दिएर भन्दा पनि स्वतस्र्फूत रुपमा भएको चिज थियो नि ?
त्यो कतै न कतै राज्यसंग सम्बन्धित थियो । त्यतिवेला नौ बाम दलको मोर्चाहरुले त्यसलाई औपचारिक रुपमै नेतृत्व गरिराखेको स्थिति थियो । मिडियाहरुले पनि साथ दिएकै थिए । राज्यले कतै न कतै प्रश्रय दिएको देखियो । त्यो चाहि पछि गएर पनि सावित भयो । कलान्तरमा मधेश आन्दोलन भन्दा अगाडि नेपालगञ्जको दंगा हुदाखेरि राज्यका प्रहरीहरु नै दगा फैल्याउने, मधेशीहरुलाई खोजी खोजी मार्ने , मधेशीहरुको पसलमा आगो लगाउने काममा सहयोग गरिराखेको प्रत्यक्ष देखियो । नेपालगञ्जको त्यो दंगामा झन पुष्टि भएर आयो । हामी त्यसपछि स्वतन्त्र मधेश नै चाहिन्छ भनेर ठोस निष्कर्षमा पुग्यौं ।
मधेशीहरुले के अधिकार पाउनुपर्ने थियो , जुन पाउन सकेनन भन्ने तपाईलाई लाग्छ ?
मधेशीका अधिकारको पूर्ण रुपमा विवेचना गर्दाखेरि के पाइन्छ भने मधेशमा वास्तवमा औपनिवेशिक शासन छ ।
कसरी त्यो भन्न मिल्छ ?
शासनको एउटा प्रमुख अंग भनेकै सेना हो । मधेशमा जुन सेना छ , त्यो मधेशवाहिरवाट ल्याएर ९५ प्रतिशत सेनाको क्याम्प खडा गरिएको छ भनेपछि त्यहां वाहिरको सेना आएर राज्य गरिरहेको छ । त्यो एउटा प्रत्यक्ष प्रमाण हो । अर्को भन्नुहुन्छ भने आप्रवासनको समस्या । शासक वर्गका मान्छेहरु अर्कोतिर गएर वस्नु नै कलोनाइज हो । मधेशमा त्यही भइराखेको छ । सन १९५१ मा हेर्नुहुन्छ भने त्यहां ६ प्रतिशत मात्र शासक वर्गका पहाडि मान्छेहरु गएर वसेका थिए । ५० वर्षपछि मात्र सन २००१ मा गएर त्यो ३० प्रतिशत हुन पुग्यो । यसले तिव्र गतिमा कलोनाइज भएको देखाउंछ । त्यस्तै आर्थिक नीतिको आधारमा हेर्नुहुन्छ भनेपनि त्यहां जति पनि स्रोत, साधन, राजस्व लगान उठ्छ शासक वर्गका मान्छेहरुले हर्सुछन । त्यो सवै संकलन गरेर आफ्नो क्षेत्र पहाडतिर लग्छन् । ७५ प्रतिशत भन्दा बढि राजस्व त्यहांवाट संकलन हुन्छ तर लगानी गर्ने बेलामा मुश्किलले १० प्रतिशत त्यहा लगानी हुन्छ । यो प्रत्यक्ष रुपले अपौनिवेशिक शासनको प्रमाण हो ।
सेनाको कुरा गर्नुभयो , सेनाको परमाधिपति राष्ट्रपति हुन्छ , त्यो मधेशी नै भएको कुरालाई अस्विकार गर्न मिल्छ ?
हामीले रुपमा मात्र नगएर सारमा हेर्नुपर्ने हुन्छ । सार के हो भन्दा मधेशमा भएका ९५ भन्दा बढि सेनाहरु मधेश वाहिरवाट ल्याएर राखिएको छ । त्यो नै प्रत्यक्ष प्रमाण हो भनेर हामीले भनिराखेका छौ । एकादुई व्यक्ति प्रमुख बनाइदिदैमा केहि हुनेवाला छैन् । हामीले हेर्ने सारमा हो । कसैलाई राष्ट्रपति प्रधानमन्त्री बनाइदिदैमा त्यो समस्याको समाधान हुदैन् । किनभने यहांको समस्या नै औपनिवेशिक समस्या हो । मधेशमा औपनिवेशिक शासन भएको हुनाले त्यसको एउटै मात्र समाधान हो आजादी । स्वतन्त्रता नै हो । तपाईको हात वाधेर कसैले तपाईलाई यो देशको प्रमुख त नै होस भनेर हुन्छ ? सहि समाधान भनेको तपाईको हात खोलिदिने हो । त्यो नै हामी मधेशमा लागु गर्न खोजेका हौ । खासमा यो दीर्घकालिन आन्दोलन हो ।
तपाई पटक पटक पक्राउमा पर्नुभएको छ किन ?
क्षणिक रुपमा चर्चामा आउन गरिएको आन्दोलन होइन यो । यसका लागि धेरै तयारी गर्नुपर्छ । त्यही तयारीका क्रममा जहां हामी आफ्ना विचार राख्न थाल्यौ त्यहां धेरै नै मान्छेहरु आउन थाले । यो विचारसित आर्कषित हुन थाले । खासमा हामिले गर्न खोजेको भनेको वौद्विक अन्तरक्रिया नै हो । तर जहां हामीले २५ देखि ४० जनालाई बोलाउथ्यौ त्यहां ८०० जना मान्छे ओइरिए । त्यो त सिधै वाहिर देखिने भयो । त्यो आर्कषित भइरहेको त राज्यले देखयो । यो आकर्षणमा अरु कारणहरु पनि छन् । जस्तै वर्तमान राजनीतिक प्रक्रियासंग जनताहरु निकै असन्तुष्ट छन् । यो पनि एउटा कारण थियो । जुन प्रकृतिले हाम्रो आन्दोलनले उचाइ लिइरहेको राज्यले देख्यो त्यसले राज्यले निकै खतरा महशुश गर्यो । हुन सक्छ म पक्राउ पर्नुको काराण त्यो पनि हुन सक्छ । अर्को कारण राज्यले कुनै षडयन्त्र गर्न खोजेको हो । यसलाई समातौ , त्यसल यहां कुनै दंगा हिसा भडकिएला र त्यो एउटा निहु बनाउने वहानामा पनि यो संवेदनशिल समय समाते दंगा मच्चाउन खोजेको भन्ने मेरो आशंका छ ।
यो राज्यलाई टुक्रयाउने भन्ने तपाईको भनाइमा आधार के के छन् ?
हामी अवरोध गर्न चाहादैनौ । संधिान जारी भएपछि त्यसमा संघीयता सुनिश्चित हुने जुन जनताको आशा छ , त्यो पनि जनताले हेर्न पाउंन अनि त्यसपछि मात्रै ठोस रुपमा हाम्रो आन्दोदन अगाडि बढन सक्छ भन्ने हाम्रो आशा भएकाले मात्रै यो वर्तमान राजनीतिक प्रक्रियामा हस्तक्षेप गर्न नखोजेको हौ । संीवधान पनि आउस संघीयता पनि आउंछ भनेर अवरोध नगरेका हौ ।
तर यहि विचमा यी प्रश्नहरु पनि उठिरहको छ कि तपाईले उठाएको मागले गर्दा अहिले संघीयता भन्ने शब्द नै गौण हुन थालेको छ । सिके राउतहरु अलग देशको कुरा गरिरहदा यसले झन संघीयता नै गुम्ने खतरा महशुुुश हुदैन ?
यो गलत बुझाई हो । यतिवला शासक वर्ग र मधेशी नेताहरु पनि वास्वतमा बुझेका छन किनकि संघीयता दिएन भने मधेशी जनता सिधै स्वतन्त्रता आन्दोलनमा लागि हाल्छ । शासकवर्गलाई पनि चेतावनीको रुपमा आइराखेको छ । तर यसलाई गलत रुपमा व्याख्या गर्न खोजिदैछ । तर सहि तरिकाले हेर्ने हो भने यो गलत हो ।
पछिल्लो पटक तपाई बाबुराम भटराईको समितिमा उपस्थित भएर जवाफ दिुनभएको खास कुरा के थियो ?
हामीले पनि चाहेका छौ, नेपालमा संविधान जारी होस । त्यही संविधानभित्र संवैधानिक दायराभित्र नै छुटिन पाउने अधिकार राज्यले जनमतसंग्रह गरेर सुनिश्चित गरिदियो भने बहुत शान्तिपूर्ण रुपमा पछि मधेशलाई या अन्य कुनै राज्यलाई छुटिन पर्यो भने अहिंसात्मक , लोकतान्त्रिक विधिवाट संवैधानिक प्रक्रियावाट पनि त्यो कुरा गर्न सकिन्छ भनेरै मैले त्यो सुझाव दिएको हुं । ताकि भोली कुनै पनि हिंसा नभडकियोस । दंगाा नफैलियोस मान्छे जनताले कुनै प्रताडना भोगन नपरोस भनेर सहि समाधानको रुपमा मैले संवैधानिक प्रक्रियावाट पनि गर्न सकिन्छ भनेर मैले त्यो सुझाव दिएको हुं ।
तपाईले भनेजस्तै छुटिन पाउने अधिकारको संवैधानिक सुनिश्चितता भएका देशहरु कुन कुन छन् ?
छन् जस्तै फ्रान्स, बेलायत, अष्ट्रिया लगायतका देशको संविधानमा छुटिन पाउने अधिकार छ ।
तपाईले यी यावत कुरा हर गरिरहदा अदालतमा चाहि फरक ढंगको वयान दिनुभयो भन्ने पनि छ ?
हैन म मेरो अडानमा अडिग छु । यो कुनै बन्द कोठमा मात्र होइन जहां जादापनि खेलेआम त्यही कुरालाई दोहोर्याइरहेको छु ।यसमा जनता दिग्भ्रमित हुने कुरा छैन् । र म तपाईसंगको अन्र्तवार्तामा पनि फेरी दाहोर्याउन चाहान्छु कि हाम्रो अभियान भनेकै एउटा अलगै सार्वभौमसम्पन्न मधेशको आजादीको लागि हो भनेर स्पष्ट पार्न चाहानछु ।
स्वराजको कुरा गर्नुहुन्छ , स्वराज र स्वतन्त्रतामा के फरक छ ?
यो हाम्रो लाग दुइवटै उस्तै सेन्समा प्रयोग गरिराखेका छौ । स्वराज, स्वतन्त्रता र आजादी पनि । त्यो भनेकै पूर्णत सार्वभौम सत्ता सम्पन्न अलग देशको रुपमा स्थापित गर्ने भनेर यी शब्दको प्रयोग गरिराखेका छौ ।
नेपाली राजनीतिमा विदेशी प्रभावको कुरा चलिरहन्छ , घरेलु नियन्त्रणमा नेपाली राजनीति छैन भन्ने छ , तपाई पनि कतै अमेरिकी , भारतीय , यूरोपियन निर्देशित मान्छे हो भनेर शंका गर्न मिल्छ कि मिल्दैन ?
कुनै पनि कामहरु गर्नुभयो भने त्यसमा अनेकौ किसिमका आरोपहरु लाग्ने गर्छन । यो कुनै ठुलो कुरा होइन । तर यहां भन्नुपर्ने कुरा के हो भने यदि आरोप लगाइन्छ भने राज्यले त्यसलाई सावित गर्न सक्नुपर्यो । राज्यसंग त्यति संशाधन छ , लाखौलाख जनशक्ति , हजारै जासुस छन् । यीनीहरुले आफैले सकेन भनेपछि अरु देशको सहयोग लिएरु त्यो कुरा सावित गर्न सक्छ । र यो आरोपमा अलिकति पनि सत्यता भएको भए यो कुरा उनीहरुले अहिलेसम्म सावित गरिसकेका हुनेथिए र मुलधारका छापाहरुमा मुख्य पेजमै सिके राउतको विषयमा अहिलेसम्म आइसक्थ्यो । त्यसका कुनै सत्यता नभएकै कारण नै अहिलेसम्म यो कुरा कतै पनि आइराखेको छैन् । म मधेशीवाट निर्देशित मान्छे हुं ।
नेपाली राजनीतिमा विदेशीहरुको घुसपैठ भइरहन्छ , तपाईलाई के लाग्छ ?
यसमा मधेशी जनतालाई मात्र होइन पुरा नेपाली जनतालाई के भन्न चाहान्छु भन कुनै पनि राजनीतिक धार जनताले आफै निर्धारण गर्नुपर्छ । जनता आफै सशक्त हुनुपर्छ । कसैको निर्देश मान्ने होइन । र आफै स्वालम्वी , आत्मनिर्भर बनेर हरेक निर्णय लिन सक्ने हुनुपर्छ भनेर म सवैलाई भन्न चाहान्छु । र नेपालमा हस्तक्षेप एकअर्कामा मेलमिलाप नहुनाले , समग्र जनताभन्दा पनि व्यक्तिगत स्वार्थ , पार्टीगत स्वार्थमा लाग्नाले नै विदेशीहरुलाई हस्तक्षेप गर्ने मौका मिलेको हो कि भन्ने हामीलाई लाग्दछ ।
मधशी नेतृत्ववाट पनि तपाईलाई उग्रवादी अतिवादीको आरोप आउने गर्छ , तपाईको मधेशी नेतृत्वसंग संवाद छ कि छैन ?
हामीले हरेकसंग राम्रै सम्बन्ध बनाउन खोजेका छौ । हरेक दिन वारम्वार भेटेर पनि उनीहरुसंग संवादको क्रम जहिले पनि जारी राख्ने गरेका छौ । हाम्रो संवाद हाम्रो एजेण्डामाथि समर्थन खोज्नका लागि होइनकि संवाद जहिले पनि खुला राख्नुपर्छ भन्ने मान्यता राखेर सवै मधेशी पार्टीका अध्यक्षहरुलाई भेट्ने गरेका छौ । हामी सवैको अन्तिम उदेश्य मधेशको मुक्ति नै खोज्ने हो त्यो अर्थमा एक अर्कामा संवाद भइरहन्छ ।
अहिलेकै अवस्थामा चुनाव भयो भने संसदीय तपाइहरु भाग लिनुहुनछ ?
हामी भाग लिदैनौ ।
अहिलको मधेशवादी दलको तपाई सहयोगी मान्ने कि प्रतिपक्षी मान्ने ?
हामी कतै न कतै उनीहरुलाई कम्पिलिमेन्ट्री शक्तिका रुपमा मान्छौ । किनभने उनीहरु पनि कतै न कतै जननिर्वाचित प्रतिनिधीहरु हुन् । जनताले निर्वाचित गरेका प्रतिनिधीहरु हु। त्यही भएर कम्पीलीमेन्ट्री फोर्सका रुमा लिन्छौ । खाली मागहरु फरक हुन् । उनीहरुको मागको हद भन्दा हाम्रो मागको हद पर भएको हुन सक्छ ।
माघ आठलाई मध्यनजर गरेर तपाईले आफ्नो अभियानलाई स्थगित गर्नुभो नि किन ?
किनभने यहां राज्यले दंगा फैलाएर दोष हामीमाथि लगाउने षडयन्त्र देखिदैछ । माघ ८ को संक्रमणकालीन स्थितिमा कुनै दंगा फैलाइदिने , हाम्रो आन्दोलनको कार्यक्रममा पनि कुनै हिसां भडकाइदिने , अनि त्यो वहानामा गुप्रै सेना र सशस्त्र प्रहरी लगाएर हाम्रो शान्तिपूर्ण आन्दोलनमा दमनगर्ने नीति राज्यको देखियो । त्यही भएर हामीचाहि हाम्रो आन्दोलन दीर्घकालिन हो तत्काल संविधान ल्याउन चाहान्छन भने वहानाको अवसर नदिउ भनेर हामी चाहि अहिले तत्कालका लागि आफ्ना आन्दोलनका कार्यक्रम स्थिगित गरेका हौ ।
तपाईहरुको संगठनको कुनै स्वरुप छ कि छैन ?
हाम्रो संगठनको स्वरुप बन्दैछ । अहिले हामी स्वतन्त्र मधेश गठबन्धनको रुपमा क्रियाशिल छौ । यसमा जुनसुकै पार्टीका मान्छेहरु जोडिन सक्छन् । तर त्यसका तीन आधारहरु छन् । स्वतन्त्र मधेश, लोकतान्त्रिक व्यव्सथा र तेस्रो शान्तिपूर्ण एवं अहिंसात्मक बाटो । यो तीनवटा मुल् मर्म आधार स्तम्भमा आस्था राख्ने कोहि पनि व्यक्ति यसमा जोडिन सक्छ । अहिलेसम्म हामी संक्रमणकालीन अवस्थामा भएका कारण यकिन आकंडा नभएपनि हाम्रा कार्यक्रमहरुमा निकै नै उत्साह जनक सहभागीता देखिएको छ । दशौ हजार मान्छेहरु अभियनासंग जोडिइरहेका छन् । संगठन २० वटा जिल्लामा रहेको छ ।
तपाईहरुले नेपालको कति भूभागलाई मधेश भन्नुभएको छ ?
चुरेसहित त्यो भन्दा दक्षिणतिरका भूभागलाई हामी मधेश अन्र्तगत राखेका छौ ।
अव बन्ने संविधानमा तपाईले राखेको छुटिन पाउने अधिकारको सुनिश्चित भयो भने के गर्नुहुन्छ ?
त्यो आत्मनिर्णयको अधिकार पनि कुन हदसम्मको भन्ने कुरा आउंछ । छुटिन पाउने अधिकार रहने कि नरहने भन्ने हो तर हामीले खोजेको संविधानभत्रि आओस भन्ने हाम्रो चाहाना हो ।
तपाइको मागसंग मधेशका जनता सहमत हुन्छन भन्ने आधार के ?
त्यो त जनतालाई अवसर दिुनपर्यो नि । जनमतसंग्रह गराउनुपर्यो अनि थाहा हुन्छ मधेशी जनता सहमत छ कि छैन भनेर ।
मधेशमा पनि पहाडियाको बाहुल्यता भएका ठाउ.हरु पनि छन नि ?
अव म तिनीहरुलाई पहाडिया भन्दिन् । तिनीहरु पनि मधेशी भइसके भनेर बुझ्नुपर्छ । बढिमा तिनीहरुलाई पहाडी मुलका भन्न मिल्छ । र उनीहरुले पनि स्वतन्त्र मधेशको मागमा जसरी हिजो बेलायतवाट गएका अंग्रेजहरुले भारतको स्वतन्त्रता आन्दोलनमा सघाए त्यसैगरि स्वतन्त्र मधेश आन्दोलनमा सघाउनुपर्छ ।
तपाईको अभियानका कारण जातिय र क्षेत्रिय युद चर्कियो भने तपाई जवाफदेहि हुने कि नहुने ?
त्यसमा हामी सावधान छौ । त्यही भएरु हामीले वारम्वार भनिरहेका छौ यो मधेशी र पहाडिया विचको लडाइको कुरै होइन । मधेशलाई औपनिवेशिक साम्राज्यवाट मुक्ति दिलाउने अभियान हो । नेपाली साम्राज्यवाट अलग गराउने अभियान हो ।
हालकै राज्यसत्तामा आमुल परिवर्तन गरेर मधेशको आत्मसम्मान बढाउन सकिदैन ?
यहां औपनिवेशिक शासन छ । जसरी भारतमा बेलायतको शासन थियो त्यसैगरि मधेशका नेपाली साम्राज्यको शासन छ , त्यसको एउटामात्र समाधान भनेको अलग मधेश नै हो ।
त्यसको एतिहासिक आधारहरु के के छन् ?
ऐतिहासिक आधारहरु पनि छन् । हाम्रा आफ्नै राजाहरु हुने गर्थे पहिला मधेशमा । गोर्खालीहरु आउनुभन्दा अगाडि सेन बंशका राजाहरु आफ्नै राज्य चलाएर बसेका थिए । त्यो पनि एउटा ऐतिहासिक आधार हो । अर्को गोर्खालीहरुले लिदा पनि सन १८१६ र सन १८६० को सन्धीमार्फत त्यो मधेशको भूभाग नेपालको राजालाई दिएको हो । जसमा केहि शर्तहरु पनि गाभिएका थिए । १८१६ मा कोशि देखि राप्तीसम्मको भूभाग नेपालको राजालाई दिदाखेरि लेखिएको छ , मधेशीहरु माथि कुनै किसिमको दमन , उनीहरुको अधिकारको हनन गरिनेछैन । तर त्यो कार्यान्वयन भएन । त्यसकारण हामी सन्धि खारेज हुन्छ । त्यो र्शत पालना नभएपछि सन्धि स्वत खारेज हनु हो । र सन्धि खारेज हुनु भनेको त्यो भूमि स्वतन्त्र हुनु हो भनेर हामीले भन्ने गरेका छौ ।
तपाइहरुको आन्दोलन कति लामो समयसम्म चल्नेछ ?
यो दीर्घकालिन आन्दोलन हो । अहिलेको योजनानुसार ८ देखि १० वर्ष तयारी अवधि नै हो । जनशक्ति तयार गर्ने , नेतृत्व विकासको प्रशिक्षण त्यसपछि आन्दोलनको चरण आउंछ ।
तपाइले भनेको माग पुरा नभएसम्म यो मुलुकको कानुनलाई मान्नुहुन्छ कि हुन्न ?
देशमा वसेपछि त मान्नुपर्ने हुन्छ । भारतीयहरु पनि अंग्रेजको शासनमा वस्दा कानुन त मान्थे । त्यसतै हामी पनि मान्नुपर्ने हुन्छ । अहिले हामीले वाक स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकार अन्र्तगत नै हाम्रा अभियानहरु सञ्चालन गरिरहेका छौ । नेपाली साम्राज्यको एउटा अंग मधेश भएकाले हामीले नेपालको कानुन मान्नु एउटा वाध्यता पनि हो ।

अहिलेका प्रमुख दलका केहि शीर्ष नेताहरु जस्तै शुसिल कोइराला केपी ओली पनि मधेशकै हुन , उनीहरु मधेशी नहुने तपाईचाहि हुने आधार के नि ?
त्यो त जनताले निर्धारण गने कुरा हो । त्यही भएर जनमतसंग्रहमा जाउ भनेर हामीले भनेका छौ ।
तपाईले मागेको जनमतसंग्रमा जनताले अलग मधेशको विपक्षमा मतदान गरे भने के गर्नुहुन्छ ?
त्यो जनमतसंग्रहको परिणाम विपक्षमा आयो भने पनि त्यसलाई हामी स्विकार गर्छो । र त्यसपछि अझै मेहनेत गर्छो र जनतासमक्ष स्वतन्त्र मधेशको मागको औचित्यको विषयमा अझ बझाउन हामी लागी पर्छो ।