प्रेस-विज्ञप्ति: स्वतन्त्र मधेश नै एक मात्र समाधान

11907213_977520272289463_4792003024425360498_n२०७२ श्रावण ३२ गते सोमबार । मधेश/तराईका जिल्लाहरूमा विभिन्न संघ-संगठन, मोर्चा र पार्टीहरूले विगत केही दिनदेखि गरिरहेको विरोध प्रदर्शनको क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायबाट भइरहेको ज्यादती र दमन प्रति हाम्रो ध्यानाकर्षण भएको छ। नेपाली राज्यबाट मधेशी जनतामाथि भइरहेको दमनको स्वतन्त्र मधेश गठबन्धन घोर -भर्त्सना गर्दछ, र विरोध प्रदर्शनको क्रममा गिरफ्तार गरिएका कार्यकर्ताहरूलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अनुरोध गर्दछ।

साथै, स्वतन्त्र मधेश गठबन्धन मधेशमा आन्दोलनरत पक्षहरूलाई पनि संयमता अपनाई अहिंसात्मक मार्ग अवलम्बन गर्नका लागि विनम्र अनुरोध गर्दछ। मधेशमा कुनै किसिमको हिंसा र दंगा फैलेपछि अन्तत: क्षति हुने भनेको मधेश कै हो भने तथ्यलाई आत्मसात् गरी विभिन्न प्रदर्शन तथा सभा लगायतका कार्यक्रमहरूमा घुसपैठ भई साम्प्रदायिक दंगा भड्काउन सक्ने तत्त्वहरूसँग सचेत रहन समेत आग्रह गर्दछ।

विगतका आन्दोलनमा झैं यसपालि पनि मधेशी नेतृत्ववर्गले मधेशी जनतालाई भ्रममा सम्झौता गराई धोखा दिने प्रबल सम्भावना रहेको छ। सो प्रति मधेशी आमजनता र कार्यकर्ताहरूलाई सचेत रहन अनुरोध गर्दै ‘स्वतन्त्र मधेश’ ले मात्र मधेशी जनताको मुक्ति हुन सक्ने र सोबाट मात्रै कुनै पनि अधिकार मधेशीलाई स्थायी रुपमा प्राप्त हुन सक्ने कुरा समेत याद गराउन चाहन्छौं। धन्यवाद।

##
कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन
इमेल: ourmadhesh@gmail.com