मधेशी माथीको अन्याय – प्रेस विज्ञप्ति

२०७२-०६-०३
शिघ्र प्रकाशनको लागि
प्रेस विज्ञप्ति
राजा महाराजाको आन्तरिक द्वन्द, टुट्-फुट, अहङ्कार, छलकपट र द्वेषको फाईदा उठाई वि-स- १९०३ असोज ३ गते कै दिन कोतपर्व मच्चाई नेपालको शासन-सत्ता आफ्नो कब्जामा लिई एक सय चार वर्ष सम्म एकछत्र क्रुर शासन चलाए का जङ्ग बहादुर राणा र उसका परिवारिक भाई-भारदारले झै आज वि-स-२०७२ असोज ३ गते कै दिन नेपाली शासक तथा मधेशमाथी का उपनिवेशकारीहरूले सम्पूर्ण नेपाल र मधेशमाथी नेपाली बाहुनिय- क्षेत्रीय शासनलाई अधावधिक कायम राख्न राष्ट्रपती डा- रामवरण यादवद्वारा जारी तथा नेपाली सम्विधानसभाका सभापती सुबस नेम्वाङ्गद्वारा घोषित सम्विधान्ले कुनै पनि आदिवासी, जनजाति, दलित्, महिला, मुस्लिमा तथा अल्पसङ्ख्यक लगायतका मधेशी समुदायको हकहितको प्रत्याभूती हुनुको सट्टा विगत ६५वर्षदेखी अनवरत मधेश र मधेशी हकहितको लागी लडिएको सम्पूर्ण लडाईको अस्तित्व समाप्त गरी बाकी रहेका मधेश्का जल, जमिन र जङ्गग्ल लगायत उसका भाषा, साहित्य, सन्स्कृती र परम्परा समेतलाई ध्वस्त गर्न नेपाली सरकार उद्धत रहेको कुरा अझै छर्लङ्ग भएको छ ।
आज नेपालको सम्बिधान जारी हुने तथा घोषणा समेत हुने क्रममा वि-स-२००७ सालदेखी नेपालको प्रजातान्तृक तथा लोकतान्तृक गणतन्त्रको स्थापनाको लागी भए-गरिएका आन्दोलनहरूको लिखित र मौखिक दुबै चारचा राष्ट्रपती यादव र सभाध्यक्ष नेम्वाङ्गद्वारा हुँदाअ मधेश आन्दोलनको नाम समेत नलिइनु, सम्विधान घोषणा कै दिन मधेशमा राज्यद्वाराअधेशीहरूको हत्या गरिनु, ५२-५३% प्रतिशत जनसङ्ख्या ओगेटेकोअधेशका ७०-८०% घरहरूको छाना माथी र गाउ शहरका हरेक चौक र गल्ली वस्तीहरूमा काला झण्डाको प्रदर्शन तथा लाखौ लाख मधेशीहरूको सामुहिक जनप्रदर्शनको बावजुद ५०% भन्दा पनि कम जनसङ्ख्या रहेको हिमाल-पहाडमा सम्विधानको स्वागत गर्दै दिपावली गर्नुबाट समेत मधेश र मधेशी क्रमश: नेपाल र नेपाली नरहे-भएको कुरा थप पुष्टी भै सकेको हुँदा अब सङ्घियता वा प्रान्तको वेअर्थको लडाई र मुद्दा छाडी शिघ्रातिशिघ्र मधेशको अन्तरिम सन्सद र अन्तरिम सरकार घोषणा गरी स्वतन्त्र मधेशको अस्तित्व पूनर्स्थापना गर्न सम्पूर्ण मधेशी दल, मधेशी नेता, बुद्धिजिबी एवम मधेशी नागरिक समाजमा हार्दिक अपिलको साथ स्वतन्त्र मधेश गठवन्धनले विज्ञप्ती जाहेर गर्दछ ।
कैलाश महतो
सह्-सङ्योजक,
स्वतन्त्र मधेश गठबन्धन्
सम्पार्क न- ९८४७०३८३२२