मधेशी माथीको अन्याय – प्रेस विज्ञप्ति

२०७२-०६-०३
शिघ्र प्रकाशनको लागि
प्रेस विज्ञप्ति
राजा महाराजाको आन्तरिक द्वन्द, टुट्-फुट, अहङ्कार, छलकपट र द्वेषको फाईदा उठाई वि-स- १९०३ असोज ३ गते कै दिन कोतपर्व मच्चाई नेपालको शासन-सत्ता आफ्नो कब्जामा लिई एक सय चार वर्ष सम्म एकछत्र क्रुर शासन चलाए का जङ्ग बहादुर राणा र उसका परिवारिक भाई-भारदारले झै आज वि-स-२०७२ असोज ३ गते कै दिन नेपाली शासक तथा मधेशमाथी का उपनिवेशकारीहरूले सम्पूर्ण नेपाल र मधेशमाथी नेपाली बाहुनिय- क्षेत्रीय शासनलाई अधावधिक कायम राख्न राष्ट्रपती डा- रामवरण यादवद्वारा जारी तथा नेपाली सम्विधानसभाका सभापती सुबस नेम्वाङ्गद्वारा घोषित सम्विधान्ले (more…)

डा. राउतलाई फँसाउने, बदनाम गर्ने र आन्दोलनमा होमिनका लागि बाध्य पार्ने षड्यन्त्र: प्रेस-विज्ञप्ति (२०७२ भाद्र ३० गते)

Gandhi_Mandela_Buddhaसुनसरीको भोक्राहा गाविस-६ शिवगंजस्थित देवराम यादवको घरबाट “डा. सी. के. राउतको दस्तावेजसँगै हाथहथियार फेला परेको” मिल्दोजुल्दो शीर्षक राखी विभिन्न मीडियामा आएका समाचारहरू प्रति हाम्रो ध्यान आकर्षित भएको छ। निजको घरबाट “‘अधुरो मधेस यात्रा’, ‘सङ्घीय नेपाल स्वायत्त मधेस प्रदेश’ नामक पाँच थान पुस्तक, मधेसको एकथान नक्सा, ‘मधेस अपना देश’ लेखिएको व्यानर र सिके राउतको तस्विरसमेत बरामद भएको प्रहरीले जनाएको छ।” यसरी निजको घरबाट अनेकौं पुस्तक र सरसामानहरू फेला पर्दा डा. सी. के. राउतको नामबाट शीर्षक राखी उहाँलाई बदनाम गराउने तथा आम-जनमानसलाई सत्य तथ्यबाट टाढा राखी दिग्भ्रमित गर्ने नियतले समाचारहरू प्रेषित गरेको प्रति गठबन्धन घोर आपत्ति प्रकट गर्दछ। यस सम्बन्धी हामी केही कुरा प्रष्ट पार्न चाहन्छौं। (more…)

अन्तरिम मधेश/तराई संसद्’ गठन गर्न डा. राउतको अपील (अपीलसहित)

आदरणीय मधेश/तराईका सम्पूर्ण जनताहरू,
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा,
संघीय लोकतान्त्रिक मोर्चा,
संघीय समावेशी मोर्चा,
थरुहट/थरुवान संघर्ष समिति,
थारु कल्याणकारी सभा,
कोचिला गाभुर फ्रन्ट,
मधेश नागरिक समाज,
मधेशी नागरिक समाज
लगायत मधेश/तराई/थरुहट/कोचिलामा आन्दोलित सम्पूर्ण पार्टी, संघ-संगठन तथा सरोकारवालाहरू,

झंडै एक महीनादेखि मधेश/तराईमा चलिरहेको आन्दोलनमा यहाँका जनता, नेता, कार्यकर्ता, पार्टी र मोर्चाहरू तथा विभिन्न सरोकारवाला समूहहरूले देखाएको प्रतिबद्धता र योगदान निकै नै सराहनीय छ। यस क्रममा शहादत प्राप्त गर्नुहुने सबैमा हाम्रो तर्फबाट उच्चतम सम्मान अर्पण गर्दै आन्दोलनको नेतृत्व गर्नु हुने तथा सहभागी भएर आन्दोलन सशक्त बनाउने सबैलाई हामी धन्यवाद पनि दिन चाहन्छौं। (more…)

मधेश आन्दोलन र नेपाल सरकारको दमन

अपिल 
धनुषा के विगत के मधेश जन्-आन्दोलन के सशक्त एक युवा नेता, ईन्द्र कुमार झा, मधेशानन्द आज ८वे दिन से मधेश की स्वाधिनता, उसकी गरिमा की पूनर्स्थापना तथा मधेशियो के नैसर्गिक अधिकार स्थापपना हेतु आमरण अनसन पर बैठे हुए है । स्वतन्त्र मधेश गठवन्धन उनके पुन्य धाराणा तथा सत्कर्म को सलाम करता है ।
उनका आमरण अनसन केवल उनका नही, अपितु एक्- सवा करोड मधेशियो के उन्मुक्ति, भलाई, शोषण मुक्ती एवम मधेशियो के स्वराज की लडाई है और उनके इस न्ययपूर्ण लडाई मे हम हम सब को साथ देना हमारा धर्म और कर्म दोनो होना चाहिए ।

(more…)